• Phone:

    +977-9851332394
  • Email:

    finovativegroup2082@gmail.com
  • Location:

    Gwarko, Lalitpur, Metropolitian City - 7, Lalitpur, Nepal

admin February 4, 2026 No Comments

वित्तीय साक्षरता–आवश्यकता र अवस्था

मेरा बुबा आमाले दुई तीन वटा भैँसी पाल्नुहुन्थ्यो र उत्पादन भएको दुधजन्य उत्पादन आफैँ मात्र उपभोग गर्नुहुन्थ्यो, बढी भएको उत्पादनलाई विक्रि गर्ने भन्ने चलन थिएन । वहाँहरुले आफ्नो सम्पूर्ण खेत बारीमा धान, मकै, कोदो जस्ता अन्नबालीहरु फलाउनुहुन्थ्यो र पनि आफूलाई वर्षभरी खान नपुगेर अपुग अन्न किन्नुहुन्थ्यो । सागपात, आलु लगायतका केहि तरकारीहरु उत्पादन त हुन्थ्यो तर उक्त उत्पादनहरु केहि दिनको लागि मात्र खान पुग्थ्यो । बुबाले घरमा पैसा आवश्यक पर्दा गाउँघरकै कोहि कसैसँग सयकडा रु ३ प्रति महिनाका दरले सापटी लिनुहुन्थ्यो । कतैबाट पैसा प्राप्त भएमा बैंक वा अन्य वित्तीय संस्थामा राख्ने भन्ने कसैले सोच्दैनथ्यो, बरु घरमै नगद नै रहन्थ्यो । बुबाले हामी जिल्ला बाहिर बसेर पढीरहेका छोराछोरीलाई अलिक चाँडो खर्च पठाउनुपर्याे भने भोजपुर बजारमा गएर कहिलेकाहि राष्ट्रिय बाणिज्य बैंकमार्फत तर बढीजस्तो रेमिट्यान्समार्फत पठाउनुहुन्थ्यो ।
समय फेरियो, परिस्थिती फेरियो र फेरियो अवस्था पनि । ठाउँ एउटै हो, अहिले मेरो भाई मेरा बुबाआमाले गरेका माथि उल्लेखित सबैजसो कामहरु गर्दछ । उसले गाईभैसी तथा कुखुरा पालेको छ र भएको उही जमिनमा खेति गरेको छ, तर परिस्थिति फरक छ । ऊ एकमुठो साग उत्पादन भएपनि गाऊँमै बेच्छ, गाईभैसीको दुधबाट उत्पादन हुने दुध , दही , मही , घ्यु , लगायतका उत्पादनहरु विक्रि गरेर मनग्य आम्दानी गर्छ । जमिनमा फलेको अन्नवाली तथा अन्य उत्पादन पनि विक्रि गर्छ र आय आर्जन गर्छ । उसले प्रशस्त नगरेवाली लगाएको छ । उसले गर्ने कारोबारहरु मोबाईल बैंकिङ्ग वा त्तच् ऋयमभ स्क्यान गरेर हुने गर्दछन । उसलाई आधुनिक कृषि गर्नलाई अलिकति पुँजी आवश्यकता परेको छ र अहिले उ बैंकबाट सहुलियतपूर्ण कर्जा प्राप्त गर्न बैंकिङ्ग प्रकिया गरिरहेको छ । उसले आफ्नो बाली, पशुपंक्षी लगायतको बीमा समेत गरेको छ ।
माथि उल्लेखित दुई अवस्थाहरु हाम्रै परिस्थितिहरु हुन्, हाम्रै भोगाई हुन् । यि दुई परिस्थीतीले नेपालमा विशेष गरी ग्रामीण भुभागमा वित्तीय साक्षरताको विगत, वर्तमान र यसको आवश्यकतालाई बलियो रुपमा प्रस्तुत गरेका छन् । वास्तवमा वित्तिय साक्षरता भनेको के हो भन्ने विषयलाई सर्वप्रथम बुझ्ने प्रयास गरौं । वित्तिय निर्णयहरुको लागि आवश्यक पर्ने सचेतना , ज्ञान , सीप , धरणा र व्यवहारको प्राप्ति नै वित्तीय साक्षरता हो । यसले आफूसगँ भएका वित्तीय स्रोत साधनको अधिकतम सदुप्रयोगका लागि आवश्यक पर्ने ज्ञान र सचेतना प्रदान गर्ने गर्दछ । ध्ष्पष्उभमष्ब मा वित्तीय साक्षरता ९ँष्लबलअष्ब िीष्तभचबअथ० को परिभाषामा “ँष्लबलअष्ब िष्तिभचबअथ ष्क तजभ उयककभककष्यल या कपष्ििक, पलयधभिमनभ, बलम दभजबखष्यचक तजबत बिियधक बल ष्लमष्खष्मगब ितय mबपभ ष्लायचmभम मभअष्कष्यलक चभनबचमष्लन mयलभथ” भन्ने व्यहोरा उल्लेख भएको पाइएको छ । यसैगरी इचनबलष्शबतष्यल या भ्अयलयmष्अ ऋयचउयचबतष्यल बलम म्भखभयिऊभलत ले वित्तीय साक्षरतालाई ऋयmदष्लबतष्यल या ब्धबचभलभकक, प्लयधभिमनभ, क्पष्िि, ब्ततष्तगमभ ७ द्यभजबखष्यच लभअभककबचथ तय mबपभ कयगलम ाष्लबलअष्ब िमभअष्कष्यल ७ गतिष्mबतभथि बअजष्भखभ ष्लमष्खष्मगब िाष्लबलअष्ब िधभििदभष्लन भनी परिभाषित गरेको पाएको छ । अतः वित्तीय साक्षरता भन्नाले आफूसँग सम्बन्धित वित्तीय निर्णयहरूमा आवश्यक विवेक प्रयोग गर्न सक्ने क्षमताको विकास भएको अवस्थालाई बुझ्न सकिन्छ । वित्तीय साक्षरताको मापन गर्न मुख्य रुपमा यसका तीन आयमहरु वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोबृत्तीको अवस्थालाई विश्लेषण गर्नुपर्दछ ।
नेपालमा वित्तीय साक्षरताको अवस्थामा सुधार गर्नको लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले विभिन्न नीतिहरू तर्जुमा गरेको पाईन्छ । एक स्थानीय तह एक बैंकको शाखा भन्ने नीतिले वित्तीय साक्षरताको तहलाई उल्लेख्य रुपमा सुधार गर्न सहयोग गरेको पाईन्छ । यस लेखको सुरुमा उल्लेख गरिएका दुई परिस्थितिले वित्तीय साक्षरताको आवश्यकता र महत्वलाई प्रकाश पारिसकेका छन् । मानिसहरु वित्तीय रुपमा किन साक्षर हुनुपर्दछ, यसको आवश्यकता किन पर्दछ वा यसको महत्व के छ? भन्ने सम्बन्धमा बुदाँगत रूपमा देहाय अनुसार बुझ्न सकिन्छ ।
वित्तीय साक्षरताको आवश्यकता र महत्व
दैनिक वित्तीय निर्णयहरू गर्नः वित्तीय रुपमा साक्षर भएपछि हामीलाई दिनानुदिन गरिने वित्तीय कारोबारहरूको सम्बन्धमा निर्णय गर्न सहज पर्ने गर्दछ । के कार्य गर्दा आम्दानी हुन्छ, के गर्दा आफूलाई वित्तीय रुपमा राम्रो हुन्छ भन्ने कुरा थाहा भएपछि आफ्ना दैनिक निर्णयहरू पनि सोही अनुसार सही ढंगले गरिन्छ ।
दीर्घकालीन वित्तीय निर्णय गर्नः हाम्रो वित्तीय हैसियतले के कस्ता कार्यहरू गर्न सकिन्छ ? भन्ने निर्णयदेखि भविष्यमा आउने दीर्घकालीन वित्तीय दायित्वहरू जस्तै शिक्षा, स्वास्थ्य, आवास लगायतका कार्यहरूको लागि योजना तर्जुमा गर्न र सो सम्बन्धी निर्णयको लागि वित्तीय साक्षरताले महत्वपूर्ण सहयोग गर्दछ ।
कर्जा÷ऋण व्यवस्थापन गर्न ः आफ्नो आम्दानी वा बचतले मात्र सबैलाई सधैं आफ्ना आवश्यकताहरु पुरा गर्न पुग्छ भन्ने छैन । आफ्ना आवश्यकता पूरा गर्न आफ्नो आय वा बचतले नपुगेमा कर्जा लिएर समेत आवश्यकता पूरा गर्नुपर्ने हुन सक्दछ । आफ्ना आवश्यकता पूरा गर्न आवश्यक पर्ने कर्जा कोबाट वा कुन वित्तीय संस्थाबाट कती लिने, सो बापत भुक्तान गर्नुपर्ने ब्याज तथा साँवाको किस्ता कसरी व्यवस्थापन गर्ने, समयमा भुक्तान नगरे के हुन्छ, यसका पूर्वसर्तहरु के कस्ता छन् भन्ने लगायतका विषयमा ज्ञान प्राप्त हुने भएकोले वित्तीय साक्षरताले कर्जा÷ऋण व्यवस्थापनमा सहयोग गर्ने गर्दछ ।
आर्थिक स्थायीत्वको लागिः वित्तीय रुपमा साक्षर व्यक्तिले आफ्नो आयको स्रोत पहिचान गर्ने तथा आय अनुसारको खर्च गर्ने बानी बसाल्छ । उसले आफ्ना आवश्यकता पूरा गर्न अपुग रकमको व्यवस्थापन बिश्वसनीय वित्तीय निकायहरूबाट सोसँग सम्बन्धित सम्पूर्ण शर्तहरू बुझेर मात्र लिने गर्दछ जसले गर्दा उसलाई आर्थिक स्थायीत्वमा टेवा पुग्ने गर्दछ ।
उद्यमशिलता विकास र अविष्कारका कार्य गर्नः उद्यमशिलता र अविस्कारका कार्यले व्यक्तिलाई सधैँ व्यस्त रहन सहयोग गर्दछन् । वित्तीय रुपमा साक्षर व्यक्तिले आफूले सक्ने काम गर्यो भने मात्र सम्बृद्धी प्राप्त हुन्छ भन्ने कुरा बुझेको हुन्छ । त्यसकारण वित्तीय रूपमा साक्षर रहेको व्यक्ति उद्यमशिलता र अविष्कारमुखी भई आयआर्जन हुने कार्यहरू गर्न उद्यत हुने गर्दछन । यसले गर्दा व्यक्तिहरूको सशक्तिकरण समेत हुने र यसले उनीहरुलाइ स्वतन्त्रता प्रदान गर्न समेत सहयोग गर्ने गर्दछ ।
शिक्षा र साक्षरताको लागिः जनगणना २०७८ को तथ्याकं अनुसार नेपालको साक्षरता प्रतिशत ७६.३% मात्र रहेको छ जनसंख्याको लगभग २४% जनसंख्या अझै निरक्षर रहेको परिवेशमा धेरै मानिस उच्च शिक्षाबाट वञ्चित छन् । वित्तीय साक्षरताको दर बढ्दै गएमा उच्च शिक्षाका लागि आवश्यक वित्तीय स्रोत संकलन गरी उच्च शिक्षा लिने प्रवृत्ति बढ्न जाने देखिन्छ । यसले सामाजिक रुपमा समता र समावेसीकरणको बृद्धिमा समेत सहयोग गर्दछ ।
वित्तीय साक्षरताले जनताको आर्थिक उन्नती, समाजको सम्बृद्धी तथा राज्यको समग्र आर्थिक विकासमा उल्लेख्य रुपमा सहयोग पुर्याउने भएपनि नेपालमा यसको अवस्था सन्तोषजनक तहमा पुगिसकेको छैन । क्रमिक रुपमा सुधार हुदै गरेको वित्तीय साक्षरताको अवस्थालाई देहायबमोजिम बुझ्न सकिन्छ ।

नेपालमा वित्तीय साक्षरता तथा वित्तीय पहँुचको अवस्था
नेपालमा वित्तीय साक्षरता तथा वित्तीय पहँुचको अवस्थाको विश्लेषण गर्दा नेपाल राष्ट्र बैंकमा उपलब्ध तथ्याङ्कअनुसार हाल गाउँपालिकाहरुमा बसोबास गर्ने लगभग ६७% जनताहरूसँग बैंकमा वचत खाता रहेको पाइएको छ भने गाउँपालिका बाहेक अन्य पालिकामा बसोबास गर्ने मानिसहरुका भने एक जनाको औषत २.१४ वटा वचत खाता रहेको तथ्यांकले देखाएको छ । हाल देशभरका सम्पूर्ण स्थानीय तहमा कम्तिमा एउटा बैंक तथा वित्तीय संस्थाको एउटा शाखा रहेको अवस्था छ भने प्रसस्त सहकारी संस्थाहरु रहेको पाईएको छ । यसले वित्तीय साक्षरता र वित्तीय पहँुच अभिवृद्धि गर्न सघाउ पुर्याइरहेको छ ।
राष्ट्र बैंकले प्रकाशन गरेको द्यबकभष्लिभ क्गचखभथ यल ँष्लबलअष्ब िीष्तभचबअथ ष्ल ल्भउब िच्भउयचत द्दण्द्दद्द डिसेम्बर अनुसार नेपालको वित्तीय साक्षरताको अवस्था जम्मा ५७.९% रहेको पाइएको छ । वित्तीय साक्षरताका तीन आयामहरु मध्येको वित्तीय ज्ञानको दर ४७.३%, वित्तीय व्यवहारको दर ६३.५% र वित्तीय मनोवृत्तिको दर ६४.१% रहेको पाइएको छ । उक्त प्रतिवेदन अनुसार वयस्क जनसंख्याको २७.५% ले मात्र वित्तीय साक्षरताका तीनवटै आयमहरुमा न्यूनतम अङ्क प्राप्त गरेका छन् । बयस्क मानिसहरुको सम्बन्धमा वित्तीय साक्षरताका तीन आयामहरूलाई छुट्टाछुट्टै विश्लेषण गर्दा वित्तीय ज्ञानमा ३६.५%, वित्तीय व्यवहारमा ५६.६% र वित्तीय मनोवृत्तिमा ९५.१% वयस्क जनसंख्याले न्यूनतम अङ्क प्राप्त गरेको तथ्याङ्क राष्ट्र बैंकको माथि उल्लेखित प्रतिवेदनमा उल्लेख भएको पाइएको छ । यस लेखको सुरुमा उदाहरणको लागि प्रस्तुत गरिएको मेरो भाईले समेत उसमा पलाएको वित्तीय मनोबृत्तिका कारण आफ्ना सम्पूर्ण कार्यहरुलाई वित्तीय पाटोमा जोड्न खोजेको मेरो बुझाई हो । वित्तीय साक्षरतामा सबैभन्दा बढी अङ्क बागमती प्रदेशको ६४.५% र सबैभन्दा कम अङ्क मधेश प्रदेशको ५२% रहेको पाइएको छ । उक्त प्रतिवेदनले वित्तीय साक्षरताको प्रतिशत पुरुषहरूमा ६१.८% रहेको र महिलाहरूमा जम्मा ५६.५% मात्र रहेको व्यहोरा उल्लेख गरेको समेत पाइएको छ ।
यसरी हेर्दा वित्तीय साक्षरताको तह सन्तोषजनक रूपमा बढ्दै गएको पाइएको छ । रोजगारमा रहेका व्यक्ति, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेशामा आवद्ध व्यक्तिहरू र औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूको वित्तीय साक्षरताको तह तुलनात्मक रुपमा धेरै रहेको पाइएको व्यहोरा उक्त प्रतिवेदन मा उल्लेख रहेको छ ।

निष्कर्ष
वित्तीय साक्षरताको स्तर बढ्दै जादाँ बैंक तथा वित्तीय संस्थाहरूको व्यवसाय वृद्धि गर्न सहयोग मात्र भएको हुँदैन, यसले त व्यक्तिहरूको आर्थिक अवस्था सुधार गरी देशको समग्र आर्थिक उन्नतिको लागि साझेदारी प्रदान गरिरहेको हुन्छ । वित्तीय साक्षरताले व्यक्तिहरूलाई उद्यमशील भई आविष्कारका कार्यहरू गर्न उत्प्रेरणा समेत प्रदान गर्ने भएकोले यसले स्थानीय स्तरमा आर्थिक गतिविधिहरु वृद्धि गराई समग्र अर्थतन्त्रको विकासमा टेवा पुर्याउने देखिन्छ । माथि उल्लेख गरिएको जस्तै अनेक तवरले महत्वपूर्ण रहेको वित्तीय साक्षरताले व्यक्ति, समाज र राष्ट्रको आर्थिक प्रगतिको लागि अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने भएपनि वित्तीय साक्षरताको दर अझै न्यून नै रहेको पाइएको छ । ग्रामीण वित्तीय साक्षरताको लागि त झन् प्रशस्त कार्यहरु गर्नुपर्ने देखिन्छ । यस कार्यको लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूले खेलिरहेको भूमिका प्रशंसनीय रहेको पाईएपनि स्थानीय स्तरमा सरकारका विभिन्न निकायहरु, विद्यालयहरू तथा सामाजिक संघ संस्थाहरूले समेत आवश्यक सहयोग गर्न आवश्यक छ । वित्तीय साक्षरताका तीनवटै आयामहरूमा उल्लेख्य सुधार गरी देशको समग्र आर्थिक उन्नति गर्न सकिने भएकोले राष्ट्रको संघीय, प्रादेशिक र स्थानीय तहबाट समेत आवश्यक नीति तथा कार्यक्रम थप गरी वित्तीय साक्षरताको दरमा अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *